चालु आर्थिक वर्षको पहिलो २ महिनामा अर्थतन्त्रका सबैजसो मुख्य सूचक सकारात्मक

मंगलबार ३०, आश्विन २०८० |

चालु आर्थिक वर्षको पहिलो २ महिनामा अर्थतन्त्रका सबैजसो मुख्य सूचक सकारात्मक
वैदेशिक लगानी ३ अर्ब रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको २ महिनामा प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।

काठमाडौं, ३० असाेज । चालु आर्थिक वर्षको पहिलो २ महिना साउन र भदौमा अर्थतन्त्रका सबैजसो मुख्य सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २ महिनामा चालु खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको साउन र भदौमा चालु खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको थियो । यस्तै प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको २ महिनामा प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो । यस्तै शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको साउन र भदौमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो । यस्तै गएको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुई महिनामा ३ दशमलव ९ प्रतिशतले बढेर भदौ मसान्तमा १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १२ अर्ब १ करोड डलर पुगेको छ । -HKTV


हाम्रो सिफारिस