नेपाल बैंकको व्यवस्थापन पहिलो पटक महिलाको नेतृत्वमा, कायम–मुकायम (सीइओ) मा समता पन्त नियुक्त ।

बिहिबार १८, आश्विन २०८० |

नेपाल बैंकको व्यवस्थापन पहिलो पटक महिलाको नेतृत्वमा, कायम–मुकायम (सीइओ) मा समता पन्त  नियुक्त ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी चार वर्षे कार्यकाल पूरा गरि बाहिरिएपछि बैंकले समता पन्तलाई कामु सीइओको जिम्मेवारी दिएको हो ।

१८ असोज काठमाडौ । नेपाल बैंकको व्यवस्थापन पहिलो पटक महिलाको नेतृत्वमा भएको छ । नेपाल बैंकको कायम–मुकायम प्रमुख कार्यकारी अधिकृतमा समता पन्त (भट्ट) नियुक्त भएकी हुन । उनलाई बैंकको गत असोज १४ गते आइतबार बसेको संचालक समितिको बैठकले असोज १५ गते सोमबार देखि लागु हुने गरि कायम–मुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय थियो । नेपाल बैंकमा व्यवस्थापकीय नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीइओ)ले गर्न थालेपछि कुनै पनि महिलाले यो अवसर पाएको थिएन ।  वि.सं. २०५८ सालमा भवानीदेवी शर्माले महाप्रबन्धकको रुपमा १५ दिन बैंक हाकेकी थिइन् । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी चार वर्षे कार्यकाल पूरा गरि बाहिरिएपछि बैंकले समता पन्तलाई कामु सीइओको जिम्मेवारी दिएको हो ।   २०६१ सालमा नेपाल बैंककै छैठौं तहको कर्मचारीको रुपमा प्रवेश गरेकी पन्त यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् । -HKTV


हाम्रो सिफारिस