एनएमबी बैंक सुर्खेतको निःशुल्क स्वास्थ्य शिविर: डेढ सय बढी सेवाग्राही लाभान्वित

शनिबार १३, आश्विन २०८० |

एनएमबी बैंक सुर्खेतको निःशुल्क स्वास्थ्य शिविर: डेढ सय बढी सेवाग्राही लाभान्वित
मुटुरोगका बिरामी बढ्नुमा व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्यधिक प्रयोग, अशुद्ध खानेकुराहरू, प्रशोधित अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतिसँगको दुरीका कारणहरु रहेको स्वास्थ्य परीक्षणमा सहभागी स्वास्थ्यकर्मी असिरन खातुनले बताइन् ।

सुर्खेत । एनएमबी बैंक सुर्खेत शाखाले विश्व मुटु दिवसको अवसरमा बैंकमा सेवा लिन आउने सेवाग्राहीलाई मुटुरोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सन् २०२३ को विश्व मुटु दिवसको अवसर पारेर बैंकले शिविरको आयोजना गरेको हो । एनएमबी बैंक शाखा सुर्खेतमा सेवा लिन आउने करिब डेढ सय सेवा ग्राहीहरुको स्वास्थ्य परीक्षण गरिएको बैंकका विजिनेश डेप्लोमेन्ट म्यानेजर खगेन्द्र पाण्डेले जानकारी दिएका छन ।  शिविरको परीक्षण कर्णाली केयर सुर्खेतका मेडिकल टिमले गरेको थियो । मुटुरोग परीक्षणमा प्रेसरका बिरामी बढी भेटिएकाले रोगबाट बच्ने उपाय र यसको सचेतीकरणबारे सेवाग्राहीलाई सूसुचित गराइएको म्यानेजर पाण्डेले बताएका छन ।  मुटुरोगका बिरामी बढ्नुमा व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्यधिक प्रयोग, अशुद्ध खानेकुराहरू, प्रशोधित अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतिसँगको दुरीका कारणहरु रहेको स्वास्थ्य परीक्षणमा सहभागी स्वास्थ्यकर्मी असिरन खातुनले बताइन् । यतिमात्र नभइ अनियमित व्यायाम, खेलकुदमा कम रुची, धूम्रपान, मदिरापान, औषधीको धेरै सेवन अनि तनाव लिने बानीका कारण मुटुमा ठूलो असर परी मुटुरोगको जोखिम बढेको स्वास्थ्यकर्मी खातुनले बताइन् । एनएमबी बैंक शाखा सुर्खेत शाखाका म्यानेजर निर्मल गौलीले बैंकले दिने निरन्तर दिने आफ्नो सेवाका साथै पटक–पटक यस्तै फरक तर सन्देश मुलक कार्यक्रम गर्दै आइरहेको जानकारी दिए । एनएमबी बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी प्राप्त गरेको, ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको, सन् २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिका द्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरेको र हाल देशभरी २ सय १ शाखाहरु, १ सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको एनएमवि बैंकका कर्णाली र सुदुरपश्चिमका प्रदेश प्रमुख श्याम अधिकारीले जानकारी दिए । -HKTV


हाम्रो सिफारिस