ग्लोबल आइएमईको एक्सटेन्सन काउन्टर बिस्तार

बिहिबार ११, आश्विन २०८० |

ग्लोबल आइएमईको एक्सटेन्सन काउन्टर बिस्तार
बैंकको मिर्चैया शाखो मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–११ कल्याणपुरमा ६५औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकको मिर्चैया शाखो मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिटेन्सको सुविधा प्रदान गर्नेलगायत साधारण बैंकिङ सेवा उपलब्ध हुने बताइएको छ । -HKTV


हाम्रो सिफारिस