९औं विश्व स्कुल दुध दिवसको अवसरमा आयोजित कविता प्रतियोगितमा एलिसा विक प्रथम

शनिबार ०६, आश्विन २०८० |

९औं विश्व स्कुल दुध दिवसको अवसरमा आयोजित कविता प्रतियोगितमा एलिसा विक प्रथम
९औं विश्व स्कुल दुध दिवसको अवसरमा आयोजित कविता प्रतियोगितमा एलिसा विक प्रथम

ललितपुर, ९ असोज । ९औं विश्व स्कुल दुध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसनले कविता प्रतियोगिताको आयोजना गरेको छ । हरिहरभवनस्थित राष्ट्रिय दुग्ध विकास बोर्डको सभाहलमा आयोजित यस कार्यक्रममा दिव्यज्ञान स्कुलबमा अध्ययनरत एलिसा बिक प्रथम, सुर्योदय माध्यामिक विद्यालयमा अध्ययनरत प्रिन्सा कपाडी द्वितिय, सेन्ट जर्ज इन्टरनेशनल विद्यालयकी छात्रा सलिना कार्की तृतिय, मेगा पब्लिक स्कुलकी छात्रा साक्षी रिमाल सान्त्वना र पूर्णचण्डी माध्यामिक विद्यालयकी छात्रा रुपा कार्कीले सान्त्वना पुरस्कार जितेका छन् । प्रतियोगितामा करिब २० वटा स्कुलबाट ४० जना विद्यार्थीको सहभागी थियो । खुल्ला कविता प्रतियोगिताकी प्रमुख अतिथि पूर्व उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले विजेताहरुलाई पुरस्कार वितरण गरेकी थिइन । ‘नियमित दूध सेवन बालबालिकाको स्वस्थ जीवन’ भन्ने नाराका विषयमा कविता प्रतियोगिताको आयोजना गरिएको थियो । adadनेपाल डेरी एसोसिएसनको आयोजना एवं सरोकारवाला राष्ट्रिय दूग्ध विकास बोर्ड, पशु सेवा विभाग, दूग्ध विकास संस्थान (डिडिसी), केन्द्रिय दूग्ध सहकारी संघ, केन्द्रिय पशुपंक्षी तथा मत्स्य सहकारी संघ, डेरी उद्योग संघ, रोटरी क्लब अफ कपन, परिवर्तनका लागी सौर्य समाज र एसोसिएसन अफ नेपाली एग्रीकल्चरल जर्नलिस्टस् (अनाज) को सहकार्यमा विद्यालय स्तरिय कविता प्रतियोगिताको आयोजना गरिएको हो ।


हाम्रो सिफारिस